१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


थपिए २५९ संक्रमित, ३ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर २४ । देशभर पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ४७२ पीसीआर र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणका गर्दा २५९ जनामा कोरोना संक्रमण पुष्टि हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।

शुक्रबार ३३७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल ५ हजार ९९७ संक्रिय संक्रमित छन् ।

हाल ९७ जना क्वारेन्टाइनमा, ११५ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।