४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


सरकारलाई दवाब दिन शेयर लगानीकर्ताले गरे भेला


0
Shares

काठमाडौं, मंसिर २४ । शेयर बजारप्रति सरकार संवेदनशील नभएको भन्दै लगानीकर्ताहरुले चर्को आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंमा शुक्रबार गरिएको भेलामा लगानीकर्ताहरुले सरकार र नियामक निकायको रबैयाप्रति आक्रोश व्यक्त गरेका हुन् ।

लगानीकर्ताहरुले विशेषगरी अर्थमन्त्री जनार्दन शर्मालाई पूँजी बजार विरोधी ठहर गर्दै चर्को आक्रोश व्यक्त गरे । आगामी निर्वाचनमा भोट नदिने अभियाननै चलाउने चेतावानी समेत उनीहरुले दिए ।

लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघ एशोसिएट कार्यसमिति सदस्य अम्बिकाप्रसाद पौडेलले पूँजी बजारका विषयमा सरकार र नियामक निकायमा बस्ने व्यक्तिहरुले पटक्कै नबुझेको भन्दै आफुहरुले बुझाउन पर्ने अवस्था आएको बताउनुभयो ।

अढाई प्रतिशत बराबर प्रवाह भएको सेयर धितो कर्जाले कसरी तरलता अभाव भयो भन्दै उहाँले प्रश्न गर्नुभयो । पुँजी बजार संवेदनशील क्षेत्र भएकाले नीति निर्माण गर्दा सचेत हुनुपर्नेमा पौडेलले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पुँजीबजारप्रति एकपछि अर्को प्रहार भैरहको भन्दै बजारलाई स्वतन्त्र ढंगले चल्न दिन पनि लगानीकर्ताहरुले माग गरेका छन् । बजार सुधार र विस्तारका लागि आफुहरुसंग गरिएका प्रतिवद्धता पूरा नगरेकोमा उनिहरुले गुनासो गरे ।

यसका लागि उनीहरुले सरकारलाई दबाब दिने भएका छन् । धितोपत्र बोर्ड र नेप्सेमा नेतृत्वको नियुक्ति, ब्रोकरबाट मार्जिन लेन्डिङको सुविधाको कार्यान्वयनलगायतका माग उनीहरुले राखेका छन् ।