
फाइल तस्विर
भैरहवा । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । बढी आवतजावत हुने बेलहिया नाका लगायतका नाकाहरुमा कडाई गर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत स्थानीय तहहरुमा निर्देशन दिएको छ ।
विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचमा कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी गराउनुभएको छ ।
बेलहिया नाकाबाट भारत लगायत, अष्ट्रेलिया, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् । नाकामा हाल भारतबाट नेपाल भित्रने हरुलाई ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्