१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा लामाको उम्मेदवारी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । केन्द्रीय समितिमा पुग्ने चाहना व्यक्त गर्दै धमाधम उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् । यस्तैमा पार्टीको केन्द्रीय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

लामाले आज शनिबार हुने उम्मेदवारको मनोनयन दर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । पार्टीमा युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफूले उम्मेदवारी दिने लामाले बताउनुभयो ।

उहाँ तत्कालिन नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य रहनु भएको थियो । पछि नेपाली कांग्रेससँग पार्टी समायोजनभएसँगै महासमिती सदस्य रहेका लामाले प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र नं. १ (ख) बाट उम्मेदवार बन्नु भएको थियो ।