२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेस महाधिवेशन : रामचन्द्र पौडेलले उम्मेदवारी नदिने


39
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने बताउनु भएको छ । आज बिहान पौडेलको निवास बोहराटारमा भएको छलफलमा उहाँले उम्मेदवारी नदिने बताउनु भएको हो ।

संस्थापन पक्ष इतरमा साझा उम्मेदवार छनोटका लागि पहल गरेका पौडेलले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयासमा लाग्नु भएको थियो । पौडेलका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भएपनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हट्नु भएको बताइएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारीमा रहनु भएको छ । यसैगरी, संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा हुनु हुन्छ ।