२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पोखरामा सडक महोत्सव हुने


0
Shares

पोखरा । पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २३ औं सडक महोत्सव हुने भएको छ । महोत्सव पौष १५ गतेदेखि १७ गतेसम्म हुने रेष्टुरेष्ट एण्ड बार एशोसियसन रेवानका अध्यक्ष लक्षुमण बरालले जानकारी दिनुभयो ।

महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने बिश्वास गरिएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ फेवाताल किनार तीन किलोमिटर सडकमा विभिन्न सांस्कृतिक महोत्सवको आयोजन गरिने भएको हो ।

पोखरालाई अग्रेजी नयाँ बर्षको गन्तव्य स्थल बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ रहेको छ ।

महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म हुने महोत्सवका संयोजक नरेश भट्टाराईले जानकारी दिनुभयो ।

सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद रहने छ । महोत्सव तीनदिनसम्म चल्ने छ ।