२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


हात्तीको आक्रमण एकको मृत्यु


26
Shares

कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ४५ वर्षीय खगिराम राना रहेका छन् ।

हात्तीले आफु बसेको झुपडी भत्काउन थालेपछि भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा घाईते भएका उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । खगिराम श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आउनु भएको थियो ।

हात्तीले शिविरका बासिन्दाका १० बटा बढी झुपडीसमेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति साढे आठ बजे छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेका थिए । हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ ।

हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको छ । हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको छन् ।