
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनु भएको छ ।
पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराएका न्यौपानेले डा. शेखर प्रसाद कोइरालालाई समर्थन गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिनु भएको हो ।
न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु भएको थियो ।
न्यौपानेले सभापतिबाट उम्मेदवारी फिर्ता लिनु भएसँगै अब शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा. कोइराला, प्रकाशमान सिंह र कल्याण गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्