१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


२५४ संक्रमित थपिँदा १ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर २६ । नेपालमा पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टमा २३४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, गत २४ घण्टमा कोरोनाबाट थप एक जनाको मृतयु भएको छ ।

काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन् । जसमध्य, काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित थपिएका छन् ।