४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

अब अपाङ्गता भएका व्यक्तिलाई सवारी साधनमा ५० प्रतिशत छुट


52
Shares

अर्घाखाँची, मंसिर २६ । अर्घाखाँचीका शारिरीक अपाङ्गता भएका व्यक्तिले सवारी साधनमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

सरकारले जारी गरेको अपाङ्गताको अधिकार सम्बन्धी ऐन २०७४ मा सिट आरक्षण र छुट दिने भनेपनि त्यो कार्यान्वयन हुन सकेको थिएन ।

अभियान सफल पार्न जिल्लामा रहेर अपाङ्गता क्षेत्रमा काम गदै आएको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र अर्घाखाँचीले सक्रियता देखाएका थिए ।

शाखाको पहलमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी नायब उपरीक्षक अमर थापा र जिल्लास्थित यातायात समितिको संयुक्त बैठकले छूटको निर्णय गरेको हो ।

अभियान निर्णय भएकै दिनदेखि लागू हुनेछ । छुट नपाएमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।