
काठमाडौं, मंसिर २६ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले एमबीबीएसको औपचारिक पठनपाठन सुरु गरेको छ ।
एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आजै राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले ७६ करोडमा बन्न लागेको आवास र एकेडेमिक भवनको शिलान्यास गर्नुभयो ।
एमबीबीएस १९, बीपीएच ८, बीएनएस १६, बीफर्मा ८ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।
पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षाको पहुँच र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको लक्ष्य रहेको जनाइएको छ ।
अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबीबीएस, बीएनएस, बीफर्मा लगायतका शंकाय सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्