
कपिलवस्तु, मंसिर २६ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयको इन्टरनेट सर्भर डाउन भएपछि सवारी जाँचपासमा ढिलाई हुँदा नाकामा सवारी साधनको लाम लागेको छ ।
नेपाल प्रवेश गर्ने तयारीमा रहेका सयौ कार, ट्रक तथा कन्टेनरको सीमावर्ती क्षेत्रमा लामो लाइन लागेको छ ।
विवाहका लागि सीमा वारपार गर्ने सवारी साधन पनि घण्टौ जाममा परेका छन् । इन्टरनेट तथा विद्युतको समस्या देखाएर जाँचपासमा ढिलाइ गरेको सेवाग्राहीको गुनासो छ ।
भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले सर्भर बनाउने काम भइरहेको भन्दै बनेलगत्तै सेवा सुचारु गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्