२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


प्रधानमन्त्री देउवाले पहिलो चरणमै जित्ने गृहमन्त्री खाँडको दाबी


104
Shares

काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताउनु भएको छ ।

सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताउनु भएको हो ।

उहाँले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताउनुभयो । नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताउनुभयो । नेता खाँडले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने पनि दाबी गर्नुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताउनुभयो । आफू जहिल्यै पनि काँग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उहाँले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताउनुभयो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताउनुभयो । उहाँले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ । सोमबर पार्टी नेतृत्व चयनको लागि मतदान भइरहेको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।