
कैलाली, मंसिर २७ । कैलालीको लम्कीचुहाका युवक भुपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।
धनगढीको जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आफन्त र परिवारले फरार अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गरि कडा कारवाहीको माग गरेका हुन् ।
कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटेलनजिकै भूपेन्द्र बडुवालको हत्या भएको थियो । बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य फरार ९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै भुपेन्द्र बडुवालको हत्या आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् भने ३ जना धरौटीमा छुटेका छन् । गत शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ मध्ये ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्