१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप ५ अर्बले खुम्चियो


143
Shares

काठमाडौं, मंसिर २७ । बजारमा तरलता अभाव चर्किरहेका बेला बैकहरुको ऋण प्रवाह बढेको छ भने निक्षेप थप घटेको छ ।

नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप भने ५ अर्बले घटेको छ ।

मंसिरको दोस्रो हप्तासम्म ४० खर्ब ६९ अर्ब प्रवाह भएको ऋण मंसिर २४ गते ४० खर्ब ७७ अर्ब पुगेको छ ।

यस्तै गतसाता ४२ खर्ब २६ अर्ब रहेको निक्षेप यो साता ४२ खर्ब २१ अर्बमा झरेको हो ।

चालु आर्थिक वर्षमा निक्षेप जम्मा २० अर्ब रुपैयाँले बढेको बढ्दा कर्जा भने ३ खर्ब ५६ अर्बले बृद्धि भएको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुको सिडि रेसियो ९१ दशमलब चार नौ प्रतिशत रहेको पनि संघले जनाएको छ ।