
काठमाडौं, मंसिर २७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्काले कोषको स्रोत र साधनले भ्याएसम्म बेरोजगार युवालाई उद्यमी बनाउने बताउनु भएको छ ।
कार्यकारी उपाध्यक्ष रोक्कालाई सर्वोच्च अदालतले कोषमा नै काम गर्र्ने गरी अन्तरिम आदेश दिएसँगै सोमबार पुनः कार्यभार सम्हाल्दै यस्तो बताउनु भएको हो ।
रोक्काले सरकारले राजनीतिक पूर्वाग्रह राखेर हटाएको भए पनि अदालतले न्याए दिएको बताउनुभयो । उहाँले वेरोजगार युवालाई स्वरोजगार बनाउने आफ्नो कामदेखी तर्सिएर हटाएको जिकिर गर्नुभयो ।
रोक्काले वर्तमान सरकारप्रति कुनै गुनासो नरहेको भन्दै काम गर्ने मान्छेलाई जुनसुकै पार्टीको सरकार आए पनि फरक नपर्ने बताउनुभयो । ओली सरकार ढलेसँगै देउवा सरकारले उहाँलाई कोषबाट हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस्