२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘प्रकाशमान उभिनुभएको ठाउँमा म उभिनुपर्छ’ : विश्वप्रकाश शर्मा


2.054k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको निर्णयलाई साथ दिने बताउनु भएको छ ।

नेता प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने भएपछि सिंहकै प्यानलमा महामन्त्रीका उम्मेदवार भएका शर्माले पनि देउवालाई समर्थन गर्ने बताउनु भएको हो ।

मंगलबार बिहान एक ट्वीट सन्देशमार्फत् उहाँले भन्नु भएको छ, ‘सर्वसम्मति सर्वोत्तम, दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु-नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ। पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो’, शर्माले भने, सही निर्णय गर्नसक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।’