
web pic
स्याङ्जाः वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिकै आज बिहानै ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । भकुण्डेबाट वालिङतर्फ जाँदै गरेको लु ४ त ९१६० नम्बरको ट्याक्टरका कामदार वालिङ नगरपालिका–८ क्याम्पस रोडका २७ वर्षीय विशाल के.सी. को खसेर मृत्यु भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा के.सी.को मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्