
Web Pic
सिरहाः लहान नगरपालिका–२२ मा आज बिहान माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ना १ ज ५८२७ नम्बरको माइक्रो र स १० प ८४०३ नम्बरको मोटरसाइकल बिहान सवा तीन बजे आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ती पुरुषको उपचारको क्रममा लहान स्थित माँ धमिनी अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्