२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमसीसी सम्झौता खारेजीको माग गर्दै चितवन बन्द


299
Shares

चितवन, मंसिर २८ । मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै मंगलबार चितवन बन्द गरिएको छ ।

बिहान साढे ६ बजे सडकमा आएर सवारी बन्द गराएका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रभाव कम परेको छ । बन्दका कारण शैक्षिक संघ संस्था, व्यापार व्यवसाय पूर्णरुपमा बन्द रहेका छन् भने सवारी साधनहरु संचालन भइरहेका छन् ।

एमसीसी सम्झौता नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै यसको खारेजी हुनुपर्ने माग गर्दै १३ वटा राजनीतिक दलले आज बन्द गराएको एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिका संयोजक फणीन्द्र आचार्यले जानकारी दिनुभयो ।

१३ वटा राजनीतिक दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, नेकपा मसाल, नेकपा माले, देशभक्त जनगणातान्त्रिक मोर्चा लगायत रहेका छन् । बन्द गराउन हिँडेकामध्ये भण्डाराबाट छ जना र पुल्चोकबाट ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको संघर्ष समितिले जनाएको छ ।