
काठमाडौं, मंसिर २८ । सभापति चयनका लागि नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो ३ बजेबाट शुरु भएको हो ।
मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् ।
पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो ।
मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान बेलुका साढे ७ बजेसम्म हुनेछ ।
राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ ।
प्रतिक्रिया दिनुहोस्