
काठमाडौं, मंसिर २८ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९ जनाको नमुन परीक्षण गर्दा सोसंख्यमा संक्रमित थपिएका हुन् ।
मंगलबार ३ सय ६५ जना संक्रमणमुक्त भएका छन् । यस्तै मन्त्रालयका अनुसार आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५९ पुगेको छ ।
हाल देशभर ५ हजार ६ सय ८९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्