
काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताउनुभएको छ ।
एमाले संसदीय दलले कारबाही गरेका सांसदको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको उहाँको टिप्पणी छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभामुखको कदम नसच्चिए संसद अझै अबरोध हुने बताउनुभयो ।
नेकपा एमालेले आफ्नो पार्टी संसदीय दलबाट निस्काशनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
सचेतक चौंधरीले पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरु गैर कानुनी हुने भएकाले उनीहरुको उपस्थिति रहुन्जेल संसद बैठक सूचारु हुन दिन नसकिने अडान बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्