१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अहिलेसम्म १५ सय मत खस्यो, नेताहरु भोट माग्दै


286
Shares


काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान जारी छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा भइरहेको मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेका छन् । कांग्रेस १४ औं महाधिवेशन निर्वाचन समितिका एक सदस्यका अनुसार अहिलेसम्म १५ सय मत खसिसकेको छ ।दिउँसो साढे ३ बजेदेखि शुरु भएको मतदान साँझ साढे ७ बजेसम्म चल्नेछ । कांग्रेसमा सोमबार भएको पहिलो चरणका मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा पहिलो र दोस्रो धेरै मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो ।

उम्मेदवारहरु प्रतिनिधिहरसँग भोट माग्दै

सभापतिका उम्मेदवार देउवा र कोइरालाले मतदान स्थलमै रहेर महाधिवेशन प्रतिनिधिसंग भोट भागिरहनु भएको छ । देउवालाई सभापतिमा समर्थन जनाउनु भएका विमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवाका लागि भोट माग्न सहयोग गरिरहनु भएको छ भने कोइरालालाई गगन थापा,डा. मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी लगायतले भोट मागि रहनुभएको छ ।मतदानका लागि ६ वटा बुथको व्यवस्था गरिएको छ ।