१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले एमालेसँग वार्ता गर्न चाहेको छ : कानूनमन्त्री बडु


130
Shares

काठमाडौं, मंसिर २८ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले संसद सूचारु गराउन प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनु भएको छ ।

संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढन सरकारले एमालेलाई सहमतीमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताउनुभयो । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अत्यावश्यक विधेयक भने एमालेका विरोधकाबीच पनि सरकारले अघि बढाउने स्पष्ट पार्नुभयो ।

जनतालाई पीडाबोध भईरहेको नागरिकता ऐन, संघीय निजामती सेवा ऐनजस्ता अत्यावश्यक विधेयक भने सहजै ढंगले अघि बढने उहाँको भनाई छ ।

मन्त्री बडुले आजबाट सुरु भएको हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले अत्यावश्यक विधेयकहरु अघि बढाउनुको विकल्प नभएको तर्क समेत गर्नुभयो ।