१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेगा बैंकको १२ प्रतिशत लाभांश


117
Shares

काठमाडौं, मंसिर २८ । मेगा बैंकले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौंमा मंगलबार सम्पन्न बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड लाभांश पारित गरेको हो ।

बैंकले १० प्रतिशत बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश दिने भएको हो । साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।