१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ए डिभिजन लिगमा उपाधिसँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा


182
Shares

काठमाडौं, मंसिर २८ । सहिद स्मारक ए डिभिजन लिगमा चौथो चरणका खेल सकिदा उपाधि रक्षासँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा पनि रोचक बनेको छ ।

चौथो चरणका खेल सकिदा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबको समान १० अंक छ । अंक तालिकाको पुछारमा रहेका दुई टोली एपिएफ फुटबल क्लब र जाउलाखेल युथ क्लबको समान एक÷एक अंक छ ।

चौथो चरणका ७ खेलमा यसपटक ५ खेलमा जित–हारको नतिजा निस्किदा भने २ खेल गोलरहित बराबरीमा टुंगिएका छन् । सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त गरेका ४ क्लबमध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहेको टोलीले एएफसी कप खेल्ने एन्फाले जनाएको छ । एएफसी कप छनोटका लागि पनि आगामी तीन चरणको खेल थप रोमाञ्चक हुने देखिन्छ ।

लाइसेन्स प्राप्त गर्ने ४ क्लब मध्य मच्छिन्द्र, मनाङ र त्रिभुवन आर्मी फुटबल क्लब शीर्ष ३ स्थानमा छन् । आर्मीको ८ अंक छ । अर्को लाइसेन्स प्राप्त टोली एपिएफ भने १ अंकसहित पुछारमा छ । त्यसअर्थ एएफसी कप खेल्ने एपिएफको सम्भावना कम देखिन्छ । मछिन्द्र, मनाङ र आर्मी मध्ये नै एक टोलीले यसपटक एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।