
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ ।
१४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो ।
नेपाली कांग्रेसको सभापतिको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाएर फोहोरसमेत सफा गरिएको नेता विश्वप्रकाश शर्माले बताउनुभयो ।
पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।
मंसिर २४ गतेबाट सुरु भएको महाधिवेशनमा अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यको मतगणना गर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्