२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निफ्राले दिनेभयो शेयरधनीलाई ८ प्रतिशत बोनस


2.197k
Shares

काठमाडौं, मंसिर २९ । नेपालकै पहिलो पूर्वाधार विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बुधबार बैंकको तेस्रो बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को वित्तीयविवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी २० अर्बको ८ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको हो ।

यस अघि बैंकले आफ्नो आगामी रणनीतिका सन्दर्भमा सरोकारवालाहरुसँग गरेको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ मुख्य कारक रहेको बताउनुभएको थियो ।

फेरि पनि पूर्वाधार निर्माणमा हुने पुँजी अभावलाई परिपूर्ति गर्न निफ्रा जस्तो संस्थालाई बलियो बनाएर अगाडि लैजानुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।