१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


२८० संक्रमित थपिँदा ६ जनाको मृत्यु


286
Shares

काठमाडौं, मंसिर २९ । पछिल्लो २४ घण्टामा देशभर २८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनाको नमुनाको परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

बुधबार ३ सय जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।