
चितवन, मंसिर २९ । चितवनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नविकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ ।
लाइसेन्स नविकरण गर्न टाढा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरुले खुसी व्यक्त गरेका छन् ।
यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले आवश्यक कागजात लिएर आउने सेवाग्राहीहरुलाई सहजै सेवा दिएको जानकारी दिनुभयो । उहाँले सेवालाई व्यवस्थित गराउन ई–टोकन को व्यवस्था गरिएको भन्दै कार्यालयको वेवसाइटमा गएर ई टोकन लिन सकिने र सोही अनुसारको पालोबाट सेवा दिइरहेको बताउनुभयो ।
अहिले दैनिक करिव ५७ जना सेवाग्राहीहरु सेवा लिन आउने गरेका छन् । कार्यालयले टिकट र वीमा बाहेक अन्य कुनैपनि शुल्क बाहिर तिर्नुनपर्ने गरी सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्