१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयाँ नेतृत्वको कांग्रेस अब विचारमा प्रस्ट हुनुपर्छ : रिजाल


130
Shares

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता एवम रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आयोजना गर्नुभएको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनु भएको हो । उहाँले अब कांग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्वपूर्ण हुने बताउनुभयो । मन्त्री रिजालले डा. कोइरालाको टीमबाट कांग्रेसमा संख्यामा भाग नखोज्ने बरु विचारमा प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

मन्त्री रिजालले डा. कोइरालामाथि जिम्मेवारीको बोझ थपिएको भन्दै आफूले प्राप्त गरेको मतबाट एकतावद्ध कांग्रेस बनाउन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवालाई कांग्रेसमा परिवर्तन देखिने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।