१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


299
Shares

काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाको टेकू कार्यालय भवन निर्माणको ठेक्कामा भष्ट्राचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भवन निर्माणका लागि निकालेको बोलपत्रको मूल्यांकन प्रतिवेदन गलत बनाएर योग्यता नै नपुगेको कम्पनीलाई दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले महानगरपालिकाका निर्देशक भैरबबहादुर बोगटी, खरिद इकाइ प्रमुख बखतबहादुर साउद, उपनिर्देशकद्वय सुमन अधिकारी र वीरबहादुर खड्का तथा इन्जिनियर उमेश बुढाथोकी विरुद्ध मुद्दा दायर गरेको जनाएको हो ।

यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएकोले मूल्यांकन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्ने विरुद्ध सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।