२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीबाट हजारौं गाई भारततर्फ तस्करी


182
Shares

सिन्धुली, मंसिर २९ । हिउँद लागेसँगै सिन्धुलीलाई केन्द्र बनाएर पहाडी भेगबाट हजारौं संख्यामा गाई गोरुको अबैध तस्करी भइरहेको छ ।

तराई, मधेश र पहाडी गरी सिन्धुलीसँग ९ जिल्लाको सीमाना जोडिएकाले तस्करहरुले यस ठाउँलाई रोजेका हुन । सिन्धुलीमा भेला गरिएका गाईगोरु खुलेआम भारत निकास गरिन्छ ।

गाई गोरुको अबैध रुपमा तस्करी गर्नेहरुले सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंंगा, खोटाङ, काभ्रेपलान्चोक लगायतका ग्रामिण बस्तीबाट बुढा गाई गोरु, बाच्छा बाच्छीहरु समेत सस्तो मूल्यमा खरिद गरेर ल्याउने गर्छन ।

तस्करहरुले आफूलाई सुरक्षित बनाउन रात र विहानको समय रोज्ने गरेका छन् । विभिन्न ठाउँमा जम्मा गरिएका गाईगोरु सर्लाही, महोतरी र धनुषा हुँदै भारतीय सीमाक्षेत्रमा पु¥याइन्छ ।

सिन्धुलीको मरिण, कमलाखोच र कमलामाई नगरपालिकाको माईस्थान क्षेत्रबाट लाखौंको संख्यामा गाई गोरुको अबैध तस्करी भइरहँदा समेत स्थानीय प्रहरी र प्रशासनले कुनै चासो देखाएको छैन ।