
काठमाडौं, मंसिर २९ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट संघका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ ।
क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिनुभयो ।
अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागि नगराउने निर्णय पनि भएको छ । त्यसैगरी नेपाली क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ ।
खेलाडीको केन्द्रिय सम्झौतालाई लिएर कप्तान मल्ल सहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको उनीहरुको गुनासो थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरण सोधेको थियो ।
खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संघीता पालना नगरेको भन्दै क्यानले सो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्