
web pic
झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रक सहित चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्