
काठमाडौं । भारतको सर्वोच्च अदालतले सिल्पा शेट्टीको श्रीमान् उद्योगपति राज कुन्द्रालाई तत्काल गिरफ्तार नगर्न आदेश दिएको छ । सर्वोच्चले कुन्द्रालाई ४ साताका लागि गिरफतार नगर्न आदेश दिएको हो ।
पोर्नोग्राफी भिडियो प्रकरणमा मुछिएका राज कुन्द्राले दिएको अग्रिम जमानतको निबेदन मुम्बइ उच्च अदालतले खारेज गरेको थियो । कुन्द्राले मुम्बइ उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतले यस सम्बन्धमा महाराष्ट्र सरकारलाई नोटिस जारी गर्दै जवाफ मागेको छ ।
यो आदेशसँगै कुन्द्रालाई सर्वाेच्च अदालतबाट राहत मिलेको छ । मुम्बइ उच्च अदालतले राज कुन्द्रा सहित अन्य ६ जनाको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो ।
कुन्द्राले अदालतमा दायर गरेको निवेदनमा उक्त भिडियो कामुक भएको तर कुनै पनि शारीरक वा यौन क्रियाकलाप नदेखाइएको र आफूलाई आरोप लगाई फसाएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्