
तस्बिर फाइल
काठमाडौं । जर्मन सरकारले आज कोभ्याक्स सुविधा अन्तर्गत ४१ लाख डोज कोरोना भाइरस विरुद्धको खोप नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि जर्मनी राजदुत स्टेफन रुसेक आज स्वास्थ्य मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो ।
जर्मनले कोभ्याक्स अन्तर्गत फाइजर र मोर्डनाको खोप उपलब्ध गराएको हो ।
यस्तै, आज कोभ्याक्स अन्तर्गत आज थप ७ लाख १९ हजार ७ सय ५० डोज मोर्डनाको थप खोप नेपाल आउदै छ । सरकारले पुस ४ गते देखि १२ देखि १८ बर्ष उमेर समुहका १८ लाख किशोर किशोरीलाई खोप दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्