
web pic
सर्लाही, पुस १ । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु हँुदा एक जना घाइते भएका छन् ।
कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ ।
आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्