
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार गगन थापाले आफ्नो अग्रता जारी राखेका छन् ।
अहिलेसम्म ४०९० मतगणना हुँदा गगन थापाले २६४४, विश्वप्रकाश शर्माले १६८५, प्रदीप पौडेलले १२१७, प्रकाशशरण महतले १३५७, मीनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् ।
दुई महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्