
फाइल तस्बिर
चितवन, पुष १ । चितवनको भरतपुरबाट काठमाडौंका लागि उडान भरेको बुद्ध एयरको जहाज आपत्कालीन अवतरण गरेको छ ।
उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि विमान पुनःभरतपुरमै अवतरण गरेको हो ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो सवा १ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो ।
बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताउनुभयो । विमानमा आएको गडबडीका बारेमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्