
काठमाडौं, पुष १ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ ।
नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउनु भएको हो ।
उहाँले नैतिकताको आधारमा राजीनामा दिएको बताउनु भएको छ ।
शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार बन्नु भएका रिजालले ८ सय ९ मत प्राप्त गर्नु भएको थियो । उहाँले केहीबरेमा पत्रकार सम्मेलन गरी राजीनामाबारे जानकारी गराउने तयारी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्