
कैलाली, पुष १ । धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रदेश क्रिकेट संघको सह आयोजनामा पुस ३ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा हुन लागेको क्रिकेट प्रतियोगितामा ७ प्रदेश र एक विभागिय गरी ८ टिम सहभागी हुने सुदूरपश्चिम प्रदेश क्रीकेट संघका अध्यक्ष हरि रेग्मीले जानकारी दिनुभयो । खेल आठ दिनसम्म चल्ले आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख पुरस्कार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्