१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अब सभापतिमा उठ्दिन : शेखर कोइराला


4.667k
Shares

काठमाडौं, पुष १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब युवाहरुले पार्टी र देश हाँक्ने समय आएको बताउनु भएको छ ।

इमेज टेलिभिजनको कार्यक्रम हटसिटका लागि अन्तर्वार्ता दिँदै उहाँले कांग्रेसको १४औँ महाधिवेशनले रुपान्तरणको संकेत गरेको भन्दै आगामी दिनमा युवाहरुले कांग्रेसको नेतृत्व गर्ने बताउनुभयो ।

कांग्रेसको पार्टी सभापतिमा शेरबहादुर देउवासँग पराजित हुनुभएका कोइरालाले आफू अब पार्टी सभापतिमा दोहोर्‍याएर प्रतिस्पर्धा नगर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीका लागि भने आफू योग्य रहेको बताउनुभयो ।
उहाँले आफू पार्टीमा भागबन्डा र गुटको राजनीति अन्त्य गर्ने अभियानमा लाग्ने प्रतिवद्धता जनाउँदै नेतृत्वले हाम्रालाई भन्दा पनि राम्रालाई अवसर दिनुपर्ने बताउनुभयो ।

पार्टीका राम्रा कामहरुमा नेतृत्वलाई सहयोग र समर्थन गर्ने जनाउँदै वेथितिविरुद्ध भने सशक्त दबाब दिने उहाँको भनाइ छ ।

नेता कोइरालाले यसअघि पौडेल समूहमा रहँदै आएका नेता–कार्यकर्ताहरुको नेतृत्व आफूले गर्ने समेत बताउनु भयो ।

कोइरालासँगको कुराकानी ईमेज च्यानलबाट आज राति ८ बजे प्रशारण हुने कार्यक्रम हटसिटमा हेर्न सक्नुहुनेछ ।