
काठमाडौं, पुष १ । अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षसहित ७ जना केन्द्रिय सदस्यले केन्द्रिय कार्य समितिको बैठक राख्न माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, उपाध्यक्षद्धय कृष्ण बहादुर थापा र वीर बहादुर खड्कासहित सदस्यहरु किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामाले बैठक बस्न एन्फामा पत्र दर्ता गराएका छन् ।
एन्फाको केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि बस्न सकिरहेको छैन । जसले गर्दा फुटबल खेलको विकासको सम्बन्धमा विभिन्न महत्वपुर्ण विषयमाथि छलफल हुन नसक्दा सिङ्गो फुटबल खेलको विकासमा गतिरोध देखापरेको र संघ सञ्चालनमा विधि, प्रक्रिया बिहिन ढंगबाट संचालन भइरहेको पत्रमा उल्लेख छ ।
आगामी बैशाख महिनामा संघको साधारण सभा र निर्वाचन गर्नुपर्ने भन्दै पत्रमा तत्काल जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचन कार्यतालिका तय गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्