२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित : विश्वप्रकाश शर्मा


169
Shares

काठमाडौं, पुष १ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताउनुभएको छ ।

पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले आफ्नो जित केबल एउटा व्यक्तिको जित नभइ बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताउनुभयो ।

उहाँले अबका दिनमा पार्टी हिजोको जसरी नचल्ने भन्दै रुपान्तरीत भएर जाने बताउनुभयो । अब आधुनिक कांग्रेस बन्ने उहाँको भनाई छ । महामन्त्री शर्माले कांग्रेसलाई आगामी निर्वाचनमा बिजयी गराउन सक्ने तागतको रुपमा बदल्ने पनि बताउनुभयो ।

महामन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई निष्ठा, विनम्रता र संयमताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।