
काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगन दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ ।
जीवन परियारले मानबहादुर विश्वकर्मालाई पराजित गर्नुभएको हो । कडा प्रतिष्पर्धा भएकाले दुवैबीच केही भोटको मात्र अन्तर छ ।
परियारले १९१९ मत ल्याउँदा विश्वकर्माले १८९२ मत ल्याउनुभएको हो ।
परियार शेखर कोइराला समूहका र विश्वकर्मा शेरबहादुर देउवा समूहका हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्