
web pic
बाँके । खजुरा गाउँपालिका–५ धनौली बजार नजिकै गएराती माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
खजुराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट आउँदै गरेको भे ३ प ५३६९ नम्बरको मोटरसाइकललाई गएराती करिब नौ बजे ठक्कर दिँदा कञ्चनपुरको दोधारा १ का ३० वर्षीय दिनेश बरालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बरालको उपचारको क्रममा भेरी अस्पतालमा गएरातीनै मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय धनौलीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्