३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड


1.937k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नु भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

यसैगरी, देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिनु भएका प्रचण्डले आज भेटेरै शुभकामना दिनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।