१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


थप २७४ संक्रमित, ३ जनाको मृत्यु


0
Shares

काठमाडौं, पुष २ । पछिल्लो २४ घण्टामा देशभर २७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६ जनाको नमुनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट कारण मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् ।

हाल ५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् ।